उज्जवल थापाको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै – Nepal Press

उज्जवल थापाको स्वास्थ्य गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं । विवेकशील नेपाली दलका पूर्व अध्यक्ष उज्जवल थापाको स्वास्थ्य स्थिति गम्भीर बनेको छ । कोभिड-१९ बाट संक्रमित थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

थापालाई श्वासप्रश्वासको समस्या भएपछि करिब १० दिन अगाडि ह्याम्स अस्पताल भर्ना गरिएको थियो । तर, त्यहाँ आइसीयू उपलब्ध नभएकाले वीरेन्द्र सैनिक अस्पतालमा लगियो र एक साता अगाडि फेरि ग्राण्डी अस्पतालमा सारियो । ग्राण्डीको आइसीयूमा अक्सिजनसहित उपचार गर्दा सामान्य सुधार देखिएको थियो । तर, हिजोबाट स्वास्थ्य बिग्रेको छ ।

थापालाई सुरुदेखि हेरिरहेका उनका निकट मित्र तथा ग्राण्डी अस्पतालका चिकित्सक डा. विश्व दवाडीले अहिले उनको अवस्था स्थिर र संवेदनशील रहेको बताए ।

‘नर्मल श्वासप्रश्वासले अक्सिजन लिन नसक्ने भएपछि भेन्टिलेटरमा राखनुपर्यो, अहिलेसम्म सुधार देखिएको छैन,’ उनले भने ।

दवाडीका अनुसार आज थापालाई ग्राण्डीबाट मेडिसिटी अस्पताल सारिदै छ । इकुमा भन्ने प्रविधि मेडिसिटीमा उपलब्ध भएकाले त्यसका लागि सारिएको डा. दवाडीले बताए । निमोनियाका कारण थापाको फोक्सोमा धेरै संक्रमण फैलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर