बेलायतबाट २६० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री आइपुग्यो – Nepal Press

बेलायतबाट २६० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री आइपुग्यो

काठमाडौं । कोरोनाभाइरस महामारीविरुद्ध बेलायतले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

आज बिहान स्वास्थ्य सामग्री ल्याएर आइपुगेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

उपलब्ध गराइएका सामग्रीमा २६० थान भेन्टिलेटर, १९ हजार २०० आइ प्रोटेक्टर लगायत छन् । बेलायतकै सामाजिक संस्था नेपालमेडयुकेले उपलब्ध गराएको अक्सिजन कन्सनट्रेटर पनि जहाजमा आइपुगेको छ ।

बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरिन् । सामग्री बुझ्दै मन्त्री त्रिपाठीले सहयोगका लागि बेलायत सरकारलाई धन्यवाद दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर