सुनको मूल्य तोलामा ४ सयले घट्यो – Nepal Press

सुनको मूल्य तोलामा ४ सयले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

विहीबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर