मन्त्रीको दाबी गरेका सांसद विष्ट बने माओवादीको प्रमुख सचेतक – Nepal Press

मन्त्रीको दाबी गरेका सांसद विष्ट बने माओवादीको प्रमुख सचेतक

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सुर्खेतबाट निर्वाचित सांसद ठम्मर विष्ट नियुक्त भएका छन् ।

मुख्यमन्त्री एवम दलका नेता महेन्द्रबहादुर शाहीको नेतृत्वमा आज बसेको संसदीय दलको वैठकले सांसद विष्टलाई प्रमुख सचेतक नियुक्त गरेको हो । सांसद विष्टले नेकपा एकता कायम रहेको समयमा मुख्यमन्त्री शाही विरुद्ध दलको नेतामा यामलाल कंडेललाई बनाउने भन्दै अविश्वासको प्रस्तावमा हस्ताक्षर समेत गरेका थिए ।

नेकपा माओवादी केन्द्रबाट करिब अलग हुन खोजेका सांसद विष्टलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्री बनाउने आश्वासन दिएपछि उनी माओवादी केन्द्रमै बसेका थिए । उनलाई मुख्यमन्त्री शाहीले दुइ पटक मन्त्री परिषदको विस्तार गर्दा पनि मन्त्री बनाएका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर