‘अनौपचारिक क्षेत्र’ मा काम गर्ने महिलालाई माइती नेपालको राहत (तस्बिरहरू) – Nepal Press
‘अनौपचारिक क्षेत्र’ मा काम गर्ने महिलालाई माइती नेपालको राहत (तस्बिरहरू)
निशान्त सिंह गुरुङ्ग २०७८ जेठ १३ गते १७:४५
२०७८ जेठ १३ गते १७:४५

काठमाडौं । निषेधाज्ञाका कारण समस्यामा परेका ‘अनौपचारिक क्षेत्र’ मा कार्यरत् राजधानीका महिलालाई माइती नेपालले खाद्यान्नलगायत दैनिक अत्यावश्यक राहत सामग्री वितरण गरिरहेको छ ।

यूएन पार्क क्षेत्रमा बिहीबार राहत वितरण गरिएको हो । कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाका कारण साँझ-बिहान खान समेत समस्या परेको गुनासो आएपछि राहत प्रदान गरिएको माइती नेपालले जनाएको छ ।

हालसम्म माइती नेपालले राजधानीका ३५ सयभन्दा बढी त्यस्ता महिलालाई खाद्यान्न राहत वितरण गरेको छ ।