कोरोनापीडितलाई द्रव्यलाभको राहत, आइशोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान – Nepal Press

कोरोनापीडितलाई द्रव्यलाभको राहत, आइशोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । काठमाडौंको महावौद्धस्थित द्रव्यलाभ बचत तथा ऋण सरकारी संस्थाले सिन्धुपाल्चोकका कोरोना संक्रमितलाई सात लाख रुपैयाँ बराबरको स्वास्थ समग्री प्रदान गरेको छ । जिल्लाका तीन स्थानमा रहेका आइलेसन सेन्टरमै पुगेर राहत सामग्री हस्तानतरण गरिएको सहकारीका अध्यक्ष भक्त पराजुलीले बताए ।

सहकारीमातहतका विभिन्न समिति एवम् उपसमितिमा रहेका पदाधिकारी र सदस्यहरुको सहयोगमा रकम संकलन गरिएको रकमबाट स्वास्थ्य सामग्री खरिद गरी प्रदान गरिएको पराजुलीले जानकारी दिए । उनका अनुसार जुगल गाउँपालिकाको चनौटे, बलेफी गाउँपालिका वडा नम्बर– ६ स्थित सामुदायिक स्वास्थ्य इकाई जालबारी र त्रिपुरासुन्दरी गाउँपालिका– २ चोकटीमा राहतस्वरुप स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

चनौटेस्थित आइशोलेसनमा एन्टिजिन किट सय थान, जालबारीको आइशोलेसनमा दुई हजार थान मास्क, तीन हजार थान सेनिटाइजर, सय थान एन्टिजिन किट, चार थान अक्सिमिटर र चोकटीको आइशोलेसनमा १० थान बेडसेट, एक सय ५० थान एन्टिजिन किट, दुई हजार थान मास्क, तीन हजार थान सेनिटाइजर र पाँच थान अक्सिमिटर प्रदान गरिएको पराजुलीले जानकारी दिए ।

जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ट, त्रिपुरासुन्दरी–२ का वडाध्यक्ष राजन राउत र जालबारी स्वास्थ्य इकाइका प्रमुखले स्वास्थ्य सामग्री ग्रहण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर