निषेधाज्ञामा पनि गणतन्त्र दिवसका अवसरमा कार्यक्रम आयोजना गर्न सरकारको परिपत्र – Nepal Press

निषेधाज्ञामा पनि गणतन्त्र दिवसका अवसरमा कार्यक्रम आयोजना गर्न सरकारको परिपत्र

काठमाडौं । कोरोना महमारी नियन्त्रणका लागि देशव्यापी निषेधाज्ञा जारी भएको अवस्थामा पनि सरकारले गणतन्त्र दिवस केन्द्रित कार्यक्रम आयोजना गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै दिवस केन्द्रित रहेर सान्दर्भिक तथा उपयुक्त कार्यक्रम आयोजना तथा सञ्चालन परिपत्र गरेको हो ।

जन–स्वास्थ्यका सबै मापदण्ड अपनाएर गणतन्त्र दिवस मनाउन परिपत्र गरिएको मन्त्रालयका सहसचिव पाण्डेले जानकारी दिइन । उनका अनुसार गणतन्त्र दिवस, २०७८ मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बसेको थियो । उक्त बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेपछि गृह मन्त्रालयले परिपत्र गरेको सहसचिव पाण्डेले बताइन ।

मन्त्रालयका अनुसार पालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालयले राष्ट्रिय झण्डा एवम दिवस केन्द्रित ब्यानर सजाई कार्यालय र परिसर सरसफाई गर्ने, पालिकावासीलाई आ–आफ्ना घर, टोल एवम सार्वजनिक स्थलको सरसफाई गर्न अनुरोध गर्ने पनि निर्णय भएको छ ।

पालिका भित्र रहेका सरकारी कार्यालय एवम मण्डला, दरबार स्क्वायर जस्ता सार्वजनिक स्थलमा साँझ दीप प्रज्जवलन तथा दीपाली गर्ने र पालिकावासीलाई घर–घरमा दीपाली गर्न अनुरोध गर्ने, पालिकाभित्र सञ्चालित स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमबाट गणतन्त्रको महत्व सम्बन्धी रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम प्रकाशन तथा प्रशारण गर्ने व्यवस्था मिलाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *