भोलिदेखि खाद्यान्न चाहिए यी नम्बरमा फोन गर्नुस् – Nepal Press

भोलिदेखि खाद्यान्न चाहिए यी नम्बरमा फोन गर्नुस्

काठमाडौं । निषेधाज्ञा थपिएसँगै खाद्यान्न पसल बन्द हुने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काठमाडौं उपत्यकामा घरमै खाद्यान्न पुर्‍याउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै उपत्यकामा बस्ने उपभोक्तालाई खाद्यान्न अभाव भएमा ती निकायको नम्बरमा सम्पर्क गरेपछि होम डेलिभरीको व्यवस्था मिलाइएको जनाएको छ ।

सरकार मातहतका ती निकायले तेल, नून, चामल, दाल, चिनीलगायत सामग्री घरमा पुर्‍याइदिने छन् । खाद्यान्न अभाव भएमा मोबाइल भ्यानमार्फत पुर्‍याइने प्रशासनको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *