प्रदेश २ सरकारले बाँडेको अवैध स्यानिटाइजरको छानविन शुरू – Nepal Press

प्रदेश २ सरकारले बाँडेको अवैध स्यानिटाइजरको छानविन शुरू

जनकपुरधाम । प्रदेश २ सरकारले पत्रकारलाई बाँडेको अवैध स्यानिटाइजरबारे छानविन हुने भएको छ । पत्रकारलाई वितरण गरिएको स्वास्थ्य सामग्रीमा समावेश गरिएको स्यानिटाइजरको वैधानिकताको प्रश्न उठेपछि प्रदेशका मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणले छानविन गर्ने भएको हो ।

प्रदेशका पत्रकारहरूका लागि वितरण गरेको स्वास्थ्य सुरक्षा सामग्रीमध्ये स्यानिटाइजरको विषयमा विभिन्न मिडियामा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै छानविन गरी आश्यक कारबाही अगाडि बढाइने भएको हो ।

काउन्सिलका अध्यक्ष शिवहरी भट्टराई र प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले विज्ञप्ति जारी गर्दै यो विषयमा छानविन गरिने बताएका छन् ।

प्रदेश २ मा नेपाल पत्रकार महासंघसँग आवद्ध ८ सय पत्रकार छन् । ती सबै पत्रकारका लागि प्रदेश सरकारले महासंघ प्रदेश कमिटी, काउन्सिल र प्राधिकरणमार्फत सुरक्षा सामग्री वितरण गरिएको थियो । कोरोना महामारीबाट जोगिन पत्रकारहरूका लागि महासंघ जिल्ला शाखामा पठाएको र तत्काल वितरण नगर्न सबै शाखा अध्यक्षलाई जानकारी गराएको प्राधिकरण अध्यक्ष यादवले बताएका छन् ।

प्रदेश सरकारले दिएको बजेटबाट काउन्सिल र प्राधिकरणले एक सप्लासर्यमार्फत आरसीपी इन्डस्ट्रिज पर्साको ह्यान्ड स्यानिटाइजर खरिद गरेको थियो । जुन कम्पनी औषधी व्यवस्था विभागमा दर्ता छैन ।

यो पनि पढ्नुहोस् – प्रदेश २ : सरकार नै अवैध स्यानिटाइजर बाँड्दै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *