१ अंकले घटेको बजारमा अहिलेसम्मकै धेरै कारोबार – Nepal Press

१ अंकले घटेको बजारमा अहिलेसम्मकै धेरै कारोबार

काठमाडौं । नेप्से परिसूचकमा आज सामान्य अंकले गिरावट आएको छ । तर, कारोबार रकम भने अहिलेसम्मकै धेरै छ । यसैगरी आज शेयर किनबेच संख्या पनि अहिलेसम्मकै बढी भएको छ ।

आज १.२० अंकले नेप्से घट्दै २८१५.४० विन्दुमा रोकिएको छ । यसैगरी आज ४ करोड १८ लाख १३ हजार ९९४ कित्ताको किनबेचमा १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो अहिलेसम्मकै उच्च कारोबार हो ।  यो भन्दा अघि गत सोमबार सबैभन्दा बढी कारोबार भएको थियो । सो दिन नेप्से १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेप्से घटेपनि तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य दर्जनमाथि कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज सबैभन्दा धेरै अपी हाइड्रोपावरको कारोबार ४३ करोड रुपैयाँ बराबरको भएको छ भने, अरुण कावेली पावर लिमिटेडको ३७ करोड रुपैयाँ बराबरको भएको छ ।

यसैगरी, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ३७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । आज २१५ वटा कम्पनीको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर