वीर अस्पताललाई प्राइम बैंकले दियो स्वास्थ्य सामग्री – Nepal Press

वीर अस्पताललाई प्राइम बैंकले दियो स्वास्थ्य सामग्री

काठमाडौं । प्राइम कमर्सियल बैंकले वीर अस्पताललाई करिब ३० लाख रूपैयाँ बराबरको पीपीई सेट, पोर्टेबल अक्सिजन सिलिण्डर, मास्क, स्यानिटाइजर, अक्सिजन ट्रली लगायत विभिन्न स्वास्थ सामग्री सहयोग गरेको छ ।

कोभिड १९ का बिरामीलाई सहयोग गर्ने उद्देश्यले यस बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोष अन्तर्गत रहेर वीर अस्पताललाई बैंकले उक्त सहयोग गरेको हो ।

उक्त स्वास्थ सामाग्रीहरू बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनीफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डाक्टर जागेश्वर गौतमलाई हस्तान्तरण गरे ।

अस्पतालमा बेडको तथा अतिवाश्यक अक्सिजन लगाएतका आवश्यक स्वास्थ सामाग्रीहरूको अभाव रहेकाले संक्रमित बिरामीको उपचारमा सहयोग गर्ने उद्देश्यले सो रकम सहयोग हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

यसअघि यस बैंकले सुदूर पश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर बितरण गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर