‘क्लब हिमालय’ २५ औं वर्षमा प्रवेश, ‘द हब नगरकोट’ खोल्ने तयारी – Nepal Press

‘क्लब हिमालय’ २५ औं वर्षमा प्रवेश, ‘द हब नगरकोट’ खोल्ने तयारी

काठमाडौं । पर्यटकीय नगरी नगरकोटमा अवस्थित क्लब हिमालय ले चाँडै नै ‘सीई समूह’ र बैंकर्स तथा पर्यटन व्यवसायी पृथ्वीबहादुर पाँडेको सहकार्यमा ‘द हब नगरकोट’ का नाममा ‘मल्टि प्रपोटी’ अवधारणा एकिकृत पर्यटकीय परियोजना अघि बढाउने भएको छ ।

‘क्लब हिमालय’ रिसोर्टले आज बुद्ध जयन्तीका अवसरमा आफ्नो २५ औं जन्मोत्सव मनाउँदै सो कुरा बताएको हो । क्लब हिमालयका अध्यक्ष योगन्द्र शाक्यका अनुसार सो परियोजनामा होटल पसल, सिनेमा हल, तथा थुप्रै रेष्टुरेण्ट खुल्ने छन् ।

यस परियोजना अन्तर्गत नेपाल घुम्न आएका विदेशी पर्यटकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै नगरकोट लगिने पनि उनले जानकारी दिए ।

२५ वर्ष अघि पर्यटकलाई लक्षित गरेर सानो ‘टी हाउस’ बाट शुरु गरिएको ‘क्लव हिमालय’ रिसोर्टलाई सम्झदैं अध्यक्ष शाक्य भन्छन् ‘नगरकोटमा होटल खोल्दा अहिलेको जस्तो कहाँ सुविधा सम्पन्न थियो र ? त्यतिखेर न बत्ति थियो न पानी न त टेलिफेन नै । तर पनि हामीले दीर्घकालीन सोच राखेर एकदिन यो ठाउँ पर्यटकीय नगरी हुने नै छ भनेर रिसोर्ट बनायौं । नभन्दै आज नगरकोटको परिचय नै फेरिएको छ । पर्यटकीय गन्तव्य स्थलका रुपमा,’ उनी भन्छन् ।

अहिले रिसोर्ट भएको ठाउँमा नेपाल सरकारले सेनाका लागि ‘गुरिल्ला वेलफेयर ट्रेनिङ’ स्थापना गर्ने योजना बुन्दै गर्दा अध्यक्ष शाक्यले रिसोर्ट खोल्ने योजना बुने ।

तर, त्यहाँ सैनिको ट्रेनिङ स्थललाई पर्यटकीय नगरी बनाउन शाकयसहित उनका सहयोगीले निकै मिहिनेत गर्नु परेको थियो । अन्त्यमा नेपाल सरकारले आफ्नो निर्णयलाई फिर्ता लिदैं रिसोर्ट खोल्ने अनुमति दिएसँगै आजको अवस्थामा आइपुगेको अध्यक्ष शाक्य बताउँछन् ।

सन् १९९६ मा ‘वुद्ध जयन्ती’ को अवसर पारेर खोलिएको ‘क्लब हिमालय’ रिसोर्ट समुन्द्र सतहदेखि सात हजार दुई सय फिटको उचाईमा रहेको छ । अहिले रिसोर्टमा डिलक्स र डिलक्स प्रिमियमलगायत तीन प्रकारका प्राइभेट वाल्कोनीसहितका ६८ वटा कोठाहरु रहेका छन् ।

रिसोर्टमा इन्डोर हिटेड पुल, ज्याकुसी, अन्तराष्ट्रिय शैलीको बार तथा डाइनिङ, मल्टिपल सेमिनार हललगायतका सेवा सुविधा रहेको छ । साथै रिसोर्टका हरेक कोठाबाट सूर्योदय र सूर्यास्तको दृष्यावलोकन सहजै गर्न सकिने रिसोर्टले जनाएको छ ।

रिसोर्टका अध्यक्ष शाक्यका अनुसार विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको सबै सुरक्षाका मापदण्ड अपनाएर कोरोना माहामारीमा पनि ग्राहकलाई सेवा दिइरहेको थियो । आगामी दिनमा पनि रिसोर्टले कोरोना माहामारीलाई जित्दै अझ परिस्कृत र सुदृढ ढंगले ग्राहकलाई सेवा दिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर