माधव नेपालको सन्देश- हेपाहा र कपटीलाई साथी नबनाउँ, सही बाटोमा निरन्तर अघि बढौं – Nepal Press

माधव नेपालको सन्देश- हेपाहा र कपटीलाई साथी नबनाउँ, सही बाटोमा निरन्तर अघि बढौं

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेपाहा र कपटीलाई साथी नबनाउन भगवान गौतम बुद्धले गरेको मार्गदर्शन महत्वपूर्ण रहेको बताएका छन् ।

बुद्ध जयन्तीका अवसरमा नेपालले शुभकामना सन्देश जारी गर्दै सही बाटो अवलम्बन गर्दै आफ्नो बाटोमा निरन्तर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपालले भनेका छन्, ‘बुद्धवाणीमा भनिए जस्तै अहिंसा, शान्ति, सत्यता र सरलता सबैभन्दा महत्वपूर्ण दर्शन हुन् ।यसैगरी कुनै पनि कुरालाई यत्तिकै विश्वास नगर, हेपाहा शैली भएका र कपटीलाई साथी नबनाउ, सही बाटो आवलम्बन गर र आफ्नो बाटोमा निरन्तर अघि बढिराख जस्ता मार्गदर्शन महत्वपूर्ण छन् ।’


प्रतिक्रिया

One thought on “माधव नेपालको सन्देश- हेपाहा र कपटीलाई साथी नबनाउँ, सही बाटोमा निरन्तर अघि बढौं

  1. अलिकति लाज लाग्न पर्ने हो आफैलाई। कि त्यो पनि बेची खायौ ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर