उपत्यकाका सीडीओहरुको आग्रह : एक सातालाई पुग्ने खाद्यान्न किनेर राख्नू – Nepal Press

उपत्यकाका सीडीओहरुको आग्रह : एक सातालाई पुग्ने खाद्यान्न किनेर राख्नू

काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले एकसातालाई पुग्ने खाद्यान्न पहिल्यै किनेर राख्नको लागि आग्रह गरेका छन् ।

१४ गतेदेखि काठमाडौं उपत्यकास्थित तीनै जिल्लाका किराना तथा डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय उनीहरुको छ ।

मंगलबार बसेको सीडीओहरुको बैठकले दुई दिनभित्र खाद्यान्न खरिद गर्न लागि आग्रह समेत गरे ।

‘संक्रमणको जोखिमलाई ख्याल गर्दैै किराना तथा डिपार्टमेन्टल स्टोर बन्द गर्ने आदेश छ’ ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले भने, ‘सर्वसाधारणले एकसातालाई पुग्ने खाद्यान्न किनेर राख्न जरुरी छ ।’

निषेधाज्ञा उल्लंघन गरे जरिवानादेखि कानूनी कार्वाही हुनसक्ने पनि सीडीओहरुले उल्लेख गरेका छन् । काठमाडौंका तीनै जिल्ला प्रशासनले जेठ २० गते मध्यरातसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *