कोरोनाभाइरस नेपाल : मंगलबार १६९ जनाको मृत्यु, ८ हजार ६ सय ३६ जना संक्रमित थपिए – Nepal Press

कोरोनाभाइरस नेपाल : मंगलबार १६९ जनाको मृत्यु, ८ हजार ६ सय ३६ जना संक्रमित थपिए

६ हजार ४०४ जना निको

काठमाडौं । मंगलबार मुलुकमा ८ हजार ६ सय ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार २२ हजार ३ सय ६ पीसीआर र ६ सय ३० एन्टिजेन्ट परीक्षण गर्दा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १ सय ६९ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय ४ जना निको भएका छन् ।

कुल संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६१ जना रहेका छन् भने अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

हालसम्म कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ जना पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर