चीनको सिचुआनमा नेपाली कन्सुलेट अफिस स्थापना – Nepal Press

चीनको सिचुआनमा नेपाली कन्सुलेट अफिस स्थापना

बेइजिङ । चीनको सिचुआन प्रान्तस्थित छेङ्दुमा नेपाली कन्सुलेट कार्यालय स्थापना भएको छ । सोमबार राजदूत महेन्द्रबहादुर पाण्डेयले उक्त नेपाली नियोगमा नेपाली झण्डा फहराए ।

उक्त नियोगको उद्घाटन चाहिँ राजदूत पाण्डे र सिचुआन प्रान्तका उप गभर्नर लि युन्जले संयुक्तरुपमा गरे ।

आयोजित समारोहमा बोल्दै राजदूत पाण्डेले कन्सुलेट स्थापनापछि द्धिपक्षीय सहायता आदानप्रदानमा सजिलो हुने बताए । उपगभर्नर लीले कन्सुलेट स्थापनापछि ब्यापार, लगानी, पर्यटन र नागरिक तहको सम्बन्ध विस्तारमा सघाउ पुग्ने बताए ।

छेङ्दुलाई चीनमा पान्डाको घरसमेत भनिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर