भ्रामक समाचार प्रकाशन गर्नेहरू कानूनी दायरमा आउन सक्ने सर्वोच्चको चेतावनी – Nepal Press

भ्रामक समाचार प्रकाशन गर्नेहरू कानूनी दायरमा आउन सक्ने सर्वोच्चको चेतावनी

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भेटघाट भएको जस्ता अतिरञ्जित र दुराशययुक्त भ्रामक समाचार प्रकाशन गर्नेहरू कानूनी दायरमा आउन सक्नेतर्फ सचेत गराएको छ ।

केही मिडियाको नामै किटेर त्यस्ता भ्रमपूर्ण र कुत्सित मनसाय राखी समाचार प्रकाशन हुनु दुःखद अवस्था भएको सर्वोच्चले जनाएको छ ।

सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गर्दै यस प्रकारका कार्यहरू संविधान, कानून र स्वयं पत्रकार आचारसंहिताको समेत प्रतिकूल हुने हुँदा कानूनी दायरमा आउन सक्नेतर्फ सचेत हुन ध्यानाकर्षण गराएका छन् ।

अदालतले यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न समेत आग्रह गरेको छ । न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने किसिमबाट प्रकाशित भएका तथ्यहीन, कपोलकल्पित र भ्रामक समाचार सच्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर