नागरिकता सम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट – Nepal Press

नागरिकता सम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नागरिकता सम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार अधिवक्ताहरु वोर्ण बहादुर कार्की, बालकृष्ण न्यौपाने, विजय प्रकाश मिश्र र डम्बर विक्रम कार्कीले दायर गरेको रिटमा अध्यादेश संविधानसँग बाझिएको भन्दै उत्प्रेषणको आदेशद्वारा अमान्य र बदर गर्न माग गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालयलाई विपक्षीय बनाइएको रिटमा अध्यादेशमार्फत थपिएका सबै दफा तथा उपदफा बदर गर्न माग गरिएको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न संसदमा छलफल समेत सकिएर पारित हुन बाँकी रहेको विधेयक रहेको भन्दै अध्यादेश ल्याउन उचित नुहने उनीहरुको तर्क छ । यस्तै सत्तासँग नागरिकता जस्तो विषयमा सम्झौता गरेको समेत आरोप लगाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर