सगरमाथाको चौथो शिविरमा फेला परेका दुई वटा शव काठमाडौं ल्याईयो – Nepal Press

सगरमाथाको चौथो शिविरमा फेला परेका दुई वटा शव काठमाडौं ल्याईयो

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत् सगरमाथा हिमालको फोहोर संकलन गर्ने क्रममा चौथो शिविर आसपासमा फेला परेका दुई वटा शव कानुनी प्रक्रिया पुर्याएर सोमबार हेलिकप्टर मार्फत काठमाडौं ल्याईएको छ । सन् २०१९ मा सगरमाथाको आरोहण गरेर फर्किने क्रममा मृत्यु भएका अमेरिकाको कोलोराडो निवासी ६२ वर्षिय क्रिस्टोफर कुलिशको शव र पहिचान नखुलेको एक गरी जम्मा दुई वटा शव क्रसश वैशाख महिनाको २९ गते र ३१ गते सगरमाथाको चौथो शिविरमा ढुङ्गाको चेपमा फेला परेका थिए ।

‘सफा हिमाल अभियान २०२१’ को मृत शरिर संकलन गर्ने टिमले उक्त शव वैशाख ३० गते र जेठ ९ गते दोस्रो शिविरमा ल्याउन सफल भएको थियो । दोस्रो शिविरबाट हेलिकप्टरद्वारा सोबार सवा १२ बजे आधार शिविरसम्म ल्याई सफा हिमाल अभियानमा खटिएका डाक्टर अधिकृतको प्रारम्भिक मेडिकल प्रतिवेदन र लुक्लास्थित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी मुचुल्का सहित शव व्यवस्थापनको लागि सोमबार नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजमा बुझाईएको नेपाली सेनाले जनाएको छ ।

साथै, ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत् संकलित फोहोर जेठ २२ गते गते विश्‍व वातावरण दिवसको अवसर पारेर एकमुस्ठ रुपमा पुन प्रयोग गर्ने प्रयोजनका लागि हस्तान्तरण गर्ने योजना रहेकोमा अहिलेको महामारीका कारण चरणबद्ध रुपमा फोहोर हस्तान्तरण गर्ने व्यवस्था पनि मिलाइएको सैनीक प्रवक्ता एवम सहायक रथी सन्तोष बल्लभ पौडेलल जानकारी दिए । यसै क्रममा सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले सगरमाथा तथा आमादब्लम हिमालबाट संकलन गरिएको फोहोर एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण गरेका छन् ।

आमादब्लम हिमालबाट संकलन गरीएको ३ हजार ४ सय ४२ किलो फोहोर मध्ये सड्ने तथा कुहिने ६० किलो फोहोर जेठ ७ गते सगरमाथा प्रदुषण नियन्त्रण समितिलाई बुझाइएको थियो भने सगरमाथा तथा आमादब्लम हिमालबाट संकलित नकुहिने ६ हजार १ सय ९० किलो फोहोर पुन प्रयोग गर्ने प्रयोजनको लागि सोमबार हस्तान्तरण गरिएको हो ।

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत् विभिन्‍न ६ वटा हिमालबाट अहिलेसम्म २६ हजार २ सय ९७ किलो फोहोर संकलन गरिसकिएको छ भने १० हजार ९ सय १० किलो फोहोर पुन प्रयोग तथा व्यवस्थापनको लागि सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर