एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने नेतामाथि कारवाहीबारे छलफल – Nepal Press

एमाले स्थायी कमिटी बैठक जारी, देउवाको पक्षमा हस्ताक्षर गर्ने नेतामाथि कारवाहीबारे छलफल

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यहरुमाथि कारवाही गर्ने बारे छलफल चलेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारवाही गर्ने बारे छलफल भइरहेको एक सदस्यले बताए ।

अर्को स्पष्टीकरण सोध्ने वा अनुशासन उल्लंघनको आरोपमा निष्कासनको कारवाही गर्ने भन्ने बैठकले टुंगो लगाउनेछ । आज रिट निवेदनमा २३ जना निवर्तमान सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर