कोरोनाभाइरस नेपाल : सोमबार ७,४२५ संक्रमित थपिए, १८५ जनाको मृत्यु – Nepal Press

कोरोनाभाइरस नेपाल : सोमबार ७,४२५ संक्रमित थपिए, १८५ जनाको मृत्यु

७१३५ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ४५३ परीक्षणमा ७ हजार १३५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुनेको संख्या अहिलेसम्म ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । क्वारेन्टाइनमा ९२४ जना छन् ।

उपत्यकामा २४ घण्टामा २ हजार ७८५ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार उपत्यकाका तीन जिल्लामा गरी २ हजार ७८५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ८०६, ललितपुरमा ६८१ र भक्तपुरमा २९८ जना रहेका छन् ।


प्रतिक्रिया

One thought on “कोरोनाभाइरस नेपाल : सोमबार ७,४२५ संक्रमित थपिए, १८५ जनाको मृत्यु

  1. नाटक गरेर यस्ताे सस्तो नारा नदेऊ जनता को लागि कोरोना नेताको पर्व मनाइन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *