कोभिड संक्रमणबाट नेपाल प्रहरीले गुमायो अर्का डिएसपी – Nepal Press

कोभिड संक्रमणबाट नेपाल प्रहरीले गुमायो अर्का डिएसपी

काठमाडौं । कोभिड महामारीबाट नेपाल प्रहरीका अर्का एक जना डिएसपीको पनि निधन भएको छ ।

फ्रन्टलाइनमा खटिएका डिएसपी समिरचन्द्र खरेलको कोभिड संक्रमणको दोस्रो लहरबाट निधन भएको हो ।

केही दिनयता नेपाल प्रहरी अस्पतालमा भर्ना भएका खरेलको उपचारका क्रममा सोमबार निधन भएको उनका पारिवारिक सदस्य भूतपुर्व एसपी दिपक खरेलले पुष्टि गरेका छन ।

२०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका उनले २०५८ को खुला प्रतियोगिताबाट निरीक्षक दर्जामा उत्तीर्ण गरेका थिए ।काभ्रे, खरेलथोकका बासिन्दा उनी खेल क्षेत्रमा पनि सक्रिय थिए ।

गत साता मात्रै नेपाल प्रहरीका अर्का डिएसपी राजकुमार केसीको पनि कोभिडकै कारण प्रहरी अस्पतालमा निधन भएको थियो ।

उनको जन्म २०३१ साल मंसिर २९ गते काभ्रे जिल्लाको साविक खरेलथोकमा भएको हो । ०७१ मंसिर ५ मा उनी इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएका थिए । यो व्याजका डिएसपीहरु अब हुने बढुवामा एसपी हुँदैछन् ।

खरेलसँगैका सहकर्मी डिएसपी अवदेश विष्टले भने–मलाई आज आफैंले यो संसार छोडेजस्तो दुःख लागेको छ,यस्ता मिलनसार र हितकारी साथी जिन्दगीमा बिरलै पाइन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर