माओवादीले स्थानीय तहसम्म कोभिड स्वास्थ्य ईकाई गठन गर्ने – Nepal Press

माओवादीले स्थानीय तहसम्म कोभिड स्वास्थ्य ईकाई गठन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोभिड महामारीसँग जुध्न पार्टी परिचालन गर्ने भएको छ। जेठ ५–६ मा बसेको स्थायी समितिले पारित कोरोना नियन्त्रण सम्बन्धी नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

स्वास्थ्य इकाई कोभिड नियन्त्रण गर्नका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न उत्प्रेरित गर्ने केन्द्रित हुन बताइएको छ। केन्द्रमा पार्टी अध्यक्षको नेतृत्वमा समिति गठन हुनेछ।

सबै तहका ईकाईहरुले विभिन्न जनसंगठनबाट जनशक्ति लिएर आवश्यकता अनुसार स्वयंसेवक टीम समेत गठन गर्नेछन् । त्यस्तै कोभिड कोष समते गठन गर्ने भएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *