कैलालीमा ६ संक्रमितको मृत्यु, २४३ जनामा संक्रमण – Nepal Press

कैलालीमा ६ संक्रमितको मृत्यु, २४३ जनामा संक्रमण

कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत ४ जना कैलाली र २ जना कञ्चनपुरका संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

ज्यान गुमाएका कैलालीका ४ जना मध्ये कैलाली गाउँपालिकाका ३ जना र गोदावरी नगरपालिकाका १ जना रहेका छन् । कञ्चनपुरका २ जना मध्ये बेलौरी नगरपालिका र कृष्णपुर नगरपालिकाका १÷१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कैलालीमा २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७५२ जनाको परीक्षणमा कैलालीका २४३ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको धनगढीमा मात्रै ११२ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीका अन्य स्थानीय तहमा १३१जना र कैलाली बाहेकका प्रदेशमा अन्य जिल्लामा ३० जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १४ जना अस्पताल भर्ना भएका छन् भने ९ जना निको भएका छन् । अहिले सेती प्रादेशिक अस्पतालमा ८१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर