१० महिनामा १२ खर्बको आयात हुँदा १ खर्ब निर्यात – Nepal Press

१० महिनामा १२ खर्बको आयात हुँदा १ खर्ब निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५४ अर्ब ११ करोड रूपैयाँ बराबरको आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले आयात वृद्धि भएको हो । भन्सार विभागको वैशाखसम्मको आयात-निर्यात तथ्यांक अनुसार सो वृद्धि देखिएको हो । गत आर्थिक वर्षको १० महिनामा १० खर्ब २५ अर्ब रूपैयाँ बराबरको आयात भएको थियो ।

यो अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल आयात भएको छ भने त्यसपछिको सूचीमा पेट्रोल छ । यो १० महिनामा डिजेल १३ लाख ९२ हजार १ सय १३ किलोलिटर नेपाल भित्रिएको छ । साथै पेट्रोल ५ लाख ११ हजार ६ सय ७६ किलोलिटर आयात भएको छ ।

सोही अवधिमा नेपालबाट भने १ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत आवको सोही समयभन्दा ३२.१९ प्रतिशतले बढी हो । गत वर्ष ८२ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर