अदालत जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरबारमा – Nepal Press

अदालत जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरबारमा

काठमाडौं । प्रतिनिधिसभा विघटनको विपक्ष र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दावीसहित रिट दायर गर्न सर्वोच्च जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताहरू सिंहदरबारमा जुटेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा अगाडिदेखि नै पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका माधवकुमार नेपाल , जसपाका उपेन्द्र यादव पनि पुगेका छन् । केहीबेर छलफल गरेर अदालत जाने उनीहरूको तयारी छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सांसदहरूले रिटमा हस्ताक्षर, वारेसनामा तयारीलगायतका काम सकिएपछि केही बेरमा अदालत जाने तयारी छ ।

गठबन्धनका सांसदले दायर गर्न लागेको रिटमा संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधिसभाका बहुमत सदस्यहरू देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेकोले वैकल्पिक सरकार गठनको सम्भावना जीवितै रहेको दावी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर