बाँकेमा निषेधाज्ञा एक साता थपियो – Nepal Press

बाँकेमा निषेधाज्ञा एक साता थपियो

रूपन्देही । जिल्ला सुरक्षा समिति बाँकेले जारी रहेको निषेधाज्ञालाई जेठ १७ गते सम्मका लागि थप गर्ने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि बैशाख ८ गते नेपालगन्ज उपमहानगर क्षेत्रबाट सुरु भएको निषेधाज्ञा बाँके जिल्लाभर जारी रहेको छ ।

महामारीको प्रकोप अझै नघटेको ठहर गर्दै जिल्ला सुरक्षा समितिले थप ७ दिनलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द (डीसीसीएमसी)को नामबाट बैठक र निर्णयहरु हुने गरेपनि कोरोना माहामारी नियन्त्रण सम्बन्धी अध्यादेश आएसँगै डीसीसीएमसी खारेज भएपछि जिल्ला सुरक्षा समितिको बैठकमा निषेधाज्ञाका बिषयमा छलफल भएको थियो ।

समितिले निषेधाज्ञालाई थप प्रभावकारी बनाउन जिल्लाका सबै सुरक्षा निकायले संयुक्त सुरक्षा योजना बनाएर लागु गर्ने समेत निर्णय गरेको छ । यसअघि जारी निषेधाज्ञा फितलो भएको गुनासो आएको र गृह मन्त्रालयले समेत देशभरका प्रमुख जिल्ला अकिारीहरुलाई निषेधाज्ञा प्रभावकारी बनाउन निर्देशन गरे अनुसार अव थप हुने निषेधाज्ञाको कार्यान्वयन कडा हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर