महन्थद्वारा उपेन्द्र-बाबुराम पक्षका निर्णय अवैध भएको निर्वाचन आयोगलाई जानकारी – Nepal Press

महन्थद्वारा उपेन्द्र-बाबुराम पक्षका निर्णय अवैध भएको निर्वाचन आयोगलाई जानकारी

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले अर्को पक्षले केन्द्रीय कार्यकारिणी समितिको नामबाट गरेका सबै निर्णयहरु अमान्य हुने निर्वाचन आयोगलाई जानकारी गराएको छ।

जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ। दुई दिन बसी आइतबार सकिएको यादव-बाबुराम पक्षको कार्यकारिणी समितिको बैठकले ठाकुर लगायत पाँच नेतामाथि कारबाही प्रक्रियाअघि बढाउँदै स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ।

ठाकुर पक्षले यसलाई ‘तथाकथित’ बैठक भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर