राप्रपाको ठहर: कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन सक्दैन – Nepal Press

राप्रपाको ठहर: कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन सक्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना नियन्त्रण नभएसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने ठहर गरेको छ। यसअघि राप्रपा अध्यक्ष कमल थापाले सार्वजनिक रूपमै चुनावको वकालत गर्दै आएका थिए ।

राप्रपाले केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकबाट पारित प्रस्तावमा भनिएको छ- ‘कोरोना महामारीको विषम परिस्थितिमा अहिले देशलाई चुनावमा धकेलिएको छ । यस्तो डरलाग्दो महामारीबीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न खडा भएको छ। कोरोना महामारी नियन्त्रण नगरी स्वतन्त्र र निषपक्ष चुनाव हुन सक्दैन ।’

राप्रपाले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी कोरोना महामारी नियन्त्रण गर्न र आम नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न माग गरेको छ।

राप्रपाले सर्वदलीय सहमतिको आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न माग गरेको छ । संसद विघटनको कारक भने सत्तारुढ एमालेको आन्तरिक विवाद र प्रमुख विपक्षी दलको अकर्मण्यता भएको राप्रपाको भनाइ ।

‘सत्तारुढ दलको आन्तरिक विवाद, प्रमुख विपक्षी दलको अकर्मण्यता तथा बारम्बार भैरहेको संविधानको अवहेलनाको परिणाम स्वरूप फेरि दोस्रो पटक प्रतिनिधि सभा विघटन हुन पुगेको छ,’ राप्रपाले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर