लुटपाटको आशंकामा घरमा छापा मार्दा भेटियो पेस्तोल, तीनजना पक्राउ – Nepal Press

लुटपाटको आशंकामा घरमा छापा मार्दा भेटियो पेस्तोल, तीनजना पक्राउ

जनकपुरधाम । लुटपाट गरेको आशंमा सिरहा प्रहरीले आज लहानस्थित एक घरमा छापा मार्नेक्रममा हतियार फेला परेपछि तीन जनालाई पक्राउ गरेको छ । घरबाट एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद भएको हो ।

पक्राउ पर्नेहरुमा लहान नगरपालिका १ मटियर्वाका २५ वर्षिय करण पूर्वे, सोही ठाउँका २२ वर्षिय संजय कुमार महतो र २४ वर्षिय धर्मेन्द्र महतो रहेका छन् । छापामा मारिएको घर भने करण पूर्वेको रहेको प्रहरीले जनाएको छ । संजय महतो र धर्मेन्द्र महतो उनका साथी रहेको प्रहरीको भनाई छ ।

लहान नगरपालिका १ कै इन्द्रदेव ठाकुरको घरमा केहिदिन अगाडी लुटपाट भएको थियो । उनको घरमा लुटपाट गरेको आशंका करण पुर्वेमाथि भएपछि खानतलासी गरेको र पेस्तोल भेटेपछि उनीहरुलाई पक्राउ गरिएको सिरहाका डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर अनुसन्धान अगाडी बढाएको छ । उनीहरु पहिल्यैदेखि अपराधि चरित्रका व्यक्ति भएको डिएसपी शर्माको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर