कोरोना अपडेट : एकैदिन साढे ७ हजारभन्दा बढी निको भए – Nepal Press

कोरोना अपडेट : एकैदिन साढे ७ हजारभन्दा बढी निको भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको दर ७६.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ हजार ९१४ जना संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ र ९३१ एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा संक्रमण देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा गौतमले बताए ।

कोरोनाबाट थप १९३ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *