माधव नेपाललाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरमा देउवाको नाम प्रस्ताव भयो : सोमप्रसाद पाण्डे – Nepal Press

माधव नेपाललाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरमा देउवाको नाम प्रस्ताव भयो : सोमप्रसाद पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता एवं विघटित प्रतिनिधिसभाका सदस्य सोमप्रसाद पाण्डेले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर गरेको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नका लागि हस्ताक्षर गरेको भएपनि कांग्रेस माओवादीसँगको वार्तामा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सहमति भएको बताए ।

‘शुरूमा माधव कमरेडलाई नै प्रधानमन्त्री बनाउने भनेर हस्ताक्षर गरेका हौं । पछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा भयो भन्ने जानकारी आयो । हामीले हस्ताक्षर फिर्ता लिएनौं । भएको यस्तै हो’, पाण्डेले भने । उनले संसदले वैकल्पिक सरकार दिने अवस्था कायम रहँदै संसद भंग गर्ने कदको आफूविरुद्धमा उभिएको पनि पाण्डेले प्रष्ट पारे ।

‘संसद विघटन गलत छ त्यसैले यसका विरुद्ध कानूनी लडाई लड्न तयार भएका छौं’, पाण्डेले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर