सिंहदरबारमा विपक्षीको हस्ताक्षर संकलन सकियो, रिटमा हस्ताक्षर गर्न बानेश्वर जाने तयारी – Nepal Press

सिंहदरबारमा विपक्षीको हस्ताक्षर संकलन सकियो, रिटमा हस्ताक्षर गर्न बानेश्वर जाने तयारी

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् ।

त्यसका लागि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदले हस्ताक्षर, नागरिकता र सांसद परिचयपत्र संकलन सकिएको छ । विपक्षी दलले सिंहदरबारस्थित आ-आफ्नो संसदीय दलको कार्यालय सांसदलाई हस्ताक्षर गराएका हुन् ।

नेपाली कांग्रेसका सबै ६१ जना सांसदको नागरिकता, सांसद परिचयपत्र र हस्ताक्षरको नमूना सकंलनको काम सकिएको छ । त्यस्तै माओवादी केन्द्रका अधिकांश सांसदको पनि हस्ताक्षर संकलन सकिएको छ । त्यस्तै जनता समाजवादी र एमालेको माधव पक्षका सांसदको हस्ताक्षर संकलन पनि सकिएको छ। नेपाल पक्षका कति सांसदले हस्ताक्षर गरे भन्ने खुलेको छैन । नेपाल पक्षका केही सांसदले बानेश्वरमै पुगेर हस्ताक्षर गरेका छन् ।

सबै दलले आन्तरिक तयारी सकिएपछि बानेश्वरमा पुनः सबै सांसदहरू पुगेर रिटमा हस्ताक्षर गर्ने छन् । त्यसपछि उनीहरू त्यहाँबाट सर्वोच्च जाने छन् । माओवादी केन्द्रका नेता एवं पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधानले रिट ‘ड्राफ्ट’तयार भइसकेको र दलहरुसँगको छलफलमा अन्तिम रुप दिएपछि दायर गर्ने बताए ।

सर्वोच्चबाट देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने विपक्षी गठबन्धनको माग छ । कांग्रेस नेता रमेश लेखकले परमादेशमार्फत देउवालाई प्रधानमन्त्री करार गरी सपथको बाटो खोल्नु पर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर