घर भत्किँदा एकै घरका तीनको मृत्यु – Nepal Press

घर भत्किँदा एकै घरका तीनको मृत्यु

रुपन्देही । प्यूठानको नौ बहिनी गाउँपालिकामा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

नौ बहिनी गाउँपालिका–१ स्याउँलिवाङ चौतारामा शनिबार राति स्थानीय वोमबहादुर मल्लको घर भत्किँदा ४० वर्षीय वोमबहादुर, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र साढे २ वर्षीय छोरा शिशिर मल्लको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर सेनले नेपाल प्रेसलाई बताए ।

बोमबहादुरका तीन जना छोरीहरु अर्को कोठामा सुतेको र एक छोरी मावली घरमा गएकाले बच्न सफल भएका छन् ।सेनका अनुसार बनाउँदै गरेको घर रातको समयमा भत्किँदा छेउँको कोठामा च्यापिएर तीन जनाको मृत्यु भएको सेनले जानकारी दिए ।

शनिबार राती घटना भएको र आइतबार जिल्ला प्रहरीको समन्वयमा पोष्टमार्टम गर्ने तयारी गरिएको पालिकाका अध्यक्ष शिव रिजालले बताए । उनले मृतकका परिवारलाई आवश्यक राहतका लागि पालिकाले तत्काल सहयोग गर्ने सोंच बनाएको उनले बताए ।

खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर एक्कासी भत्किएको थियो । दिउसो पानी परेकाले कमजोर भएको गाह्रो भत्किँएर तीन जना माथि परेको अनुमान गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *