कमल थापाको प्रश्न–धारा ७६ (५)ले सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको हो ? – Nepal Press

कमल थापाको प्रश्न–धारा ७६ (५)ले सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको हो ?

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले दलीय अनुशासनविपरित अन्य दलका सांसदको हस्ताक्षर गराएर सरकारको नेतृत्व दावी गर्नु निर्दलीय चरित्र हुने बताएका छन् ।

थापाले संविधानको धारा ७५ (५)ले सांसदहरुलाई निर्दलीय बन्ने छुट दिएको हो ? दलीय अनुशासन विपरित जाने स्वतन्त्त्रता दिएको हो ? भन्ने प्रश्न गरेका छन् ।

थापाले भनेका छन्–यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने,सांसद किनबेच गर्ने काम बैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न,क्षणिक स्वार्थ नहेरौं । एमालेका २७ जना सांसद र जसपाका १२ जना सांसदको हस्ताक्षरमा देउवाले प्रधानमन्त्री दावी गरेको सन्दर्भृमा थापाको यस्तो भनाइ आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर