संसद विघटनविरुद्ध प्रतिरोध गर्न विपक्षी गठबन्धनका विद्यार्थी संगठनको आव्हान – Nepal Press

संसद विघटनविरुद्ध प्रतिरोध गर्न विपक्षी गठबन्धनका विद्यार्थी संगठनको आव्हान

काठमाडौं । विपक्षी गठबन्धननिकटका विद्यार्थी संगठनले संसद विघटन गर्ने सरकारको निर्णय देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा भएको बताएका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, माधव नेपालनिकटको अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन र अखिल छैठौंले संयुक्त वक्तव्यमार्फत ‘सर्वोच्च अदालतले पुन:स्थापना गरेको संसदको दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरंकुश र अधिनायकवादी डकैती’ भएको टिप्पणी गरेका छन् ।

‘संसदीय मूल्य, मान्यता, परम्परालाई तिलाञ्जली दिदै प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा भएको संसदको विघटनले वर्तमान सरकार असफल भइसकेको प्रमाणित भएको छ’, संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ कोरोना भाइरस ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन, औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यावधि निर्वाचनको घोषणा देश र जनताप्रति गैरजिम्मेवारीको पराकाष्ठा हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड र अपराध हो ।’

सरकारको कदमविरुद्ध एकजुट हुँदै आ-आफ्नो ठाउँबाट प्रतिरोध गर्न पनि उनीहरूले आव्हान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर