दोहोरो अंकले बढेको बजारमा ११ अर्ब माथिको कारोबार – Nepal Press

दोहोरो अंकले बढेको बजारमा ११ अर्ब माथिको कारोबार

काठमाडौं । नेप्से परिसूचक आइतबार ३२.८१ अंकले बढ्दै २८२० विन्दुमा बन्द भएको छ । आज नेप्सेले कारोबारको पहिलो घण्टामा उत्तरचढाबको सामना गर्न पुग्यो ।

बजार खुलेको १० मिनेटमा नै ४८ अंकले घटेको नेप्से एक घण्टापछि भने केही सम्हालिन पुग्यो । अन्त्यमा दोहोरो अंकले वृद्धि हुँदै नेप्से बन्द भएको छ । आज २ करोड ५१ लाख ६३ हजार ६६० कित्ताको कारोबारमा नेप्से परिसूचक ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज एक दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्य उच्च दरले बढेको छ । आज कर्णाली विकास बैंक र ग्रीन डेभलपमेन्ट विकास बैंकको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छे ।

साथै, महालक्ष्मी विकास बैंकलगायत एक दर्जन कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

पुनर्बीमाको शेयर कारोबार ४१ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, आज नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार ३७ करोड रुपैयाँ बराबरको भएको छ ।

आज लामो समयदेखि बढ्दै आएको समता लघुवित्त र रु रु जलविद्युत कम्पनीको शेयर मूल्य भने ३ प्रतिशतले घट्न पुगेको छ ।

आज होटल तथा टुरिजम, निर्जीबन बीमा कम्पनी तथा माइक्रोफाइनान्स कम्पनी बाहेक सबै उप समूहको परिसूचक हरियो भएका छन् । आज सबैभन्दा बढी विकास बैंक समूहको शेयर ७.५४ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *