सुनको मूल्य तोलामा ३ सयले बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा ३ सयले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ थियो । यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले सस्तिदैं प्रतितोला १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर