तत्कालीन राजपाबाट मन्त्री बनेका साह र राय पुगे उपेन्द्र गुटमा – Nepal Press

तत्कालीन राजपाबाट मन्त्री बनेका साह र राय पुगे उपेन्द्र गुटमा

जनकपुरधाम । तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट प्रदेश-२ मा मन्त्री बनेका दुई नेता जसपा अध्यक्ष उपेन्द्र यादवको गुटमा लागेका छन् । सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय उपेन्द्रको गुटमा लागेका हुन् ।

मन्त्री साह र राय दुवैजना शनिवार उपेन्द्र यादवले बोलाएको कार्यकारिणी समितिको बैठकमा सहभागी भए । उनीहरु कार्यकारिणी बैठकमा सहभागी भएपछि महन्थ ठाकुर पक्ष झस्किएको छ । दुबै जनालाई व्यापक दवाव दिएर रोक्ने प्रयास गरे पनि उनीहरु बैठकमा सहभागी भएको स्रोतले जनाएको छ ।

सप्तरी १ (२)बाट तत्कालीन राजपाबाट निर्वाचित साह राजेन्द्र महतो कोटाबाट मन्त्री बनेका हुन् । मन्त्री राय भने सर्लाहीका हुन् । उनलाई राजपाले समानुपातिक कोटामा सांसद बनाएको थियो । उनी महेन्द्र राय यादवको कोटाबाट मन्त्री बनेका थिए ।

तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य रहेका महेन्द्र राय यादव पनि महन्थ ठाकुरको साथ छाडेर उपेन्द्र पक्षमा खुलेका हुन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)को समायोजन कार्य पूरा नहुँदै फुटको संघारमा पुगेपछि प्रदेश-२ को राजनीतिमा पनि असर पर्ने देखिएको छ ।

प्रदेशमा भने उपेन्द्र यादव समूह बलियो छ । पार्टी फुटेमा उपेन्द्र पक्षले तत्कालीन राजपाबाट मन्त्री बनेकाहरुलाई हटाउने सम्भावना छ । त्यसैले पनि मन्त्रीद्धय साह र राय उपेन्द्र पक्षमा खुलेको स्रोतको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर