चीनद्वारा थप डेढसय अक्सिजन सिलिन्डर र ३० हजार लिटर तरल अक्सिजन प्रदान – Nepal Press

चीनद्वारा थप डेढसय अक्सिजन सिलिन्डर र ३० हजार लिटर तरल अक्सिजन प्रदान

काठमाडौं । चीनको स्वशाषित क्षेत्र तिब्बतले नेपाललाई शनिबार कोभिड-१९ महामारीविरुद्ध थप स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।

नेपाल-चीन सीमावर्ती तातोपानी नाकामा चीनले १५० थान अक्सिजन सिलिन्डर र ३० हजार लिटर तरल अक्सिजन नेपाली अधिकारीहरुलाई हस्तान्तरण गरेको हो ।

तिब्बतका विभिन्न क्षेत्रबाट समेत नेपाललाई महामारीविरुद्ध स्वास्थ्य सहायता प्राप्त हुने क्रम जारी रहेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *