चुनावको स्वागत गर्दै अनेरास्ववियुले भन्यो- अब सरकारको मुख्य काम कोभिडविरुद्ध खोप – Nepal Press

चुनावको स्वागत गर्दै अनेरास्ववियुले भन्यो- अब सरकारको मुख्य काम कोभिडविरुद्ध खोप

काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले मुलुकलाई अस्थिरताबाट चुनावतर्फ लैजाने प्रधानमन्त्रीको कदम सही रहेको भन्दै स्वागत गरेको छ ।

अखिल अध्यक्ष ऐन महरले शनिवार विज्ञप्ति जारी गर्दै वाम गठबन्धन र पार्टीभित्रैबाट निरन्तर मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएकोले संवैधानिक रुपमै भएको प्रतिनिधिसभा विघटनले निकास दिने दाबी गरेका छन् ।

महरले सरकारले नेपालको नयाँ भौगोलिक नक्सा प्रकाशनदेखि जनपक्षीय कामहरु गरेपछि पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्रीविरुद्ध षडयन्त्र भएको आरोप लगाएका छन् ।

उनले चुनावमा जाने निर्णयको स्वागत गर्दै कोभिड महामारीबाट जनतालाई जोगाउन तत्काल कोभिड भ्याक्सिन सहज उपलब्ध गराउन माग गरेका छन् ।

अनेरास्ववियुले अब सरकारको ध्यान कोभिडविरुद्ध भ्याक्सिन र महमारीविरुद्ध केन्द्रित हुनुपर्ने तथा राज्यको सबै शक्ति महामारी नियन्त्रणमा लगाउन माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर