माओवादी र माधव निकट विद्यार्थी संगठन आन्दोलित, मन्त्रीका गाडी चल्न नदिने – Nepal Press

माओवादी र माधव निकट विद्यार्थी संगठन आन्दोलित, मन्त्रीका गाडी चल्न नदिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को माधव नेपाल निकट विद्यार्थी संगठन संसद विघटनविरुद्ध आन्दोलित हुने भएका छन्।

शनिबार माओदी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ र नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

उनीहरुले कोरोना महामारी र निशेधाज्ञाकाबीच स्वास्थ्य सतर्क अपनाउदै आन्दोलित हुने भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

विरोधका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायत छन्।


प्रतिक्रिया

2 thoughts on “माओवादी र माधव निकट विद्यार्थी संगठन आन्दोलित, मन्त्रीका गाडी चल्न नदिने

  1. हाउ खानु दिनु पर्छ।नेपालमा आहिले सम्म लुट्नु लुटे।आब यिनीहरु बाचने भनेको 5- 10 बर्ष त हो नि।युवा पुस्तालाइ यिनीहरुले कसरी हस्तान्तरण गर्छ यो देश।सेलेन पानी लगाएर आइ सी यु समा लागेर यो देश लुट्नु दिनु।

Leave a Reply to Rajesh Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर