माधव नेपालको आरोप- केपी ओलीले तानाशाही बुट बजार्दै संविधान धुजाधुजा पारे – Nepal Press

माधव नेपालको आरोप- केपी ओलीले तानाशाही बुट बजार्दै संविधान धुजाधुजा पारे

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध एकताबद्ध संघर्षका लागि आह्वान गरेका छन् ।

एमालेको नवौं महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको रक्षार्थ सञ्चालित अभियानकर्ता समूहको तर्फबाट नेपालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको विघटन प्रतिगमनकारी कार्य भएकाले यसविरुद्ध एकताबद्ध हुन सबैमा आह्वान गरेका छन् ।

नेपालले भनेका छन्, ‘दुई दुई पटक सविधानसभाको निर्वाचन गरी देशले ठूलो मूल्य चुकाएर जारी भएको नेपालको संविधानमाथि प्रधानमन्त्री ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेका छन् । प्रधानमभन्त्री र राष्ट्रपतिको यो संविधान र लोकतन्त्र विरोधी कार्यको हामी घोर निन्दा र भर्त्सना  गर्दछौं ।’

नेपालले जनता, देश र लोकतन्त्र नै खतरामा परिरहेको परिस्थितिमा एमालेको आफ्नो समूहका नेता कार्यकर्तालाई दृढतासाथ उभिन आह्वान गरेका छन् ।

नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधिसभाको १ सय ४९ सांसदको हस्ताक्षर रहेको र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको दाबी गरेका छन् ।


प्रतिक्रिया

One thought on “माधव नेपालको आरोप- केपी ओलीले तानाशाही बुट बजार्दै संविधान धुजाधुजा पारे

  1. देउवालाई प्रम बनाउन नसकेपछिको होलीवाईन रोदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर