बीटीएस गीतले राख्यो युट्युव कीर्तिमान, २४ घण्टामै ११ करोड ३० लाख पटक हेरियो – Nepal Press

बीटीएस गीतले राख्यो युट्युव कीर्तिमान, २४ घण्टामै ११ करोड ३० लाख पटक हेरियो

भेराइटी/लसएन्जल्स । दक्षिण कोरियाली पप-ब्यान्ड बीटीएसको नयाँ गीतले आफ्नै पूर्वकीर्तिमान तोड्दै युट्युवमा २४ घण्टामा सर्वाधिक पटक हेरिने गीतको कीर्तिमान राखेको छ ।

हलिउड संचारमाध्यमका अनुसार बीटीएसको पछिल्लो गीत बटरलाई २४ घण्टमा युट्युवमा ११३ मिलियन (११ करोड ३०लाख) पटक हेरिएको थियो । ब्यान्डकै अघिल्लो गीत डायनामाइटलाई चाहिँ १०१.१ पटक हेरिएको थियो ।

गत मे २१ तारिखमा ब्यान्डको डान्स-पप ट्रयाक ‘बटर’ युट्युवमा रिलिज भएको थियो । रिलिज भएको दुई घण्टाभित्रै यो गीतले अमेरिकाको आईट्युन चार्टको पहिलो स्थान ओगटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर