नेपालगञ्जमा यसरी सुरु भयो २० रुपैंयामा खाना अभियान – Nepal Press

नेपालगञ्जमा यसरी सुरु भयो २० रुपैंयामा खाना अभियान

सुर्खेत । बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमित र बिरामीका आफन्तलाई २० रुपैयाँमा खाना खाने अभियान चलाइएको छ । मधेशी आयोगका सदस्य विजय गुप्ताको पहलमा यो अभियान सुरु भएको हो । अभियान सुरु भएपछि १२ सय भन्दा बढी नागरिकले खाना खान खाइरहेका छन् ।

विजय हार्डवेयर व्यवसायी समेत हुन् । महामारीको समयमा सस्तोमा खाना दिन कसरी सम्भव भयो ? यसबारे नेपाल प्रेसलाई उनले आफ्नो अनुभव यसरी साटे-

भारतको विभिन्न स्थानमा दश रुपैंयामा खाना खान पाइन्छ भन्ने सुनेको थिएँ । त्यही क्रममा नेपालगञ्जमै हप्ताको दुई दिन उपमहानगरपालिकाको बाटोमा हिँडनेहरूलाई एक जनाले दश रुपैयाँमा खाना खुवाएको देखेको थिए । त्यसरी दश रुपैंयामै खाना खुवाउने भनेपछि मैले अच्चम मानें । मैले ती खाना बनाएर बेच्नेलाई हरेक महिना १० हजार सहयोग गर्थें । गतवर्षको लकडाउनमा त्यो पसल बन्द भएको थियो ।
लकडाउन खुकुलो भएपछि ती व्यक्तिले मलाई १० रुपैयाँमा हप्ताको दुई दिन खाना खुवाउने व्यवसायमा सहयोग गर्न अनुरोध गरे । हिँड्ने मान्छे भन्दा पनि भेरी अस्पतालमा उपचार गर्न आउने नागरिकका लागि खाना बनाउन र बिक्री गर भनेर मैले उनलाई भनेँ । पैसा र काम गर्ने मान्छे थप्ने काम मेरो भनेँ ।
दश रुपैयाँको स्थानमा बीस रुपैंया उठाऊ भनेर मैले भनेको थिएँ ती व्यक्तिलाई । म्यानपावर र पैसा दुवै चीज भएपछि उनलाई काम गर्न खासै समस्या हुन्थेन । यसबारेमा मैले जिल्लाका सिडिओ र अस्पतालका मेसुलाई मौखिक रुपमा कुरा राखदें । उहाँहरू दुवै जनाले सहमति पनि दिनुभएको हो । त्यो सहमति अनुसार ती व्यक्तिले काम गर्छु भने तर एक दिन उनका बाबु छोरा म कहाँ आएका थिए । त्यहाँ हामी काम गर्न सक्दैनौं भनेर भनें । मैले दुई दिन तपाईं खुवाउनुस, चार दिन म खुवाउँछु भने पनि उहाँहरूले मान्नु भएन ।

त्यो काम विफल भइसकेपछि मलाई उपमहानगर प्रमुख डा. धवल शम्सेर जवराले संस्थागत रुपमा यो काम गर्न सुझाव दिए । त्यसका लागि पालिकाले पनि आवश्यक सहयोग गर्ने बचन उनले दिएपछि मैले म आफै संरक्षक रहेको सुन्दरकाण्ड मित्र मण्डलमा कुराकानी राखें । यहाँ भजनकिर्तन गर्ने, धर्म कर्म गर्ने काम हामी गर्दै आइरहेका थियौं । यहाँ कुरा राखेपछि सबैको सकारात्मक जवाफ आयो ।

हामीले भेरी अस्पतालमा बीस रुपैंयामा एक छाक खाना खुवाउने भन्ने निर्णय पनि ग¥यौं । यसका लागि आवश्यक लगानी पनि मैले गरें । खाना खुवाउनका लागि संस्थाको नाम आवश्यक थियो । हामीले अन्जना माता रसोई भनेर नामाकरण ग¥यौं । र दशैंको फूलपातीदेखि भेरी अस्पतालमा खाना खुवाउन सुरु गरेका हौं ।

म बागेश्वरी मन्दिरको पनि म उपाध्यक्ष थिए । धर्म कर्म गर्ने मान्छेले परेको समयमा सामाजिक काम पनि गर्नुपर्छ भन्ने हामीलाई लागेको थियो । रसोई सुरु गरेको समयमा सुरु सुरुमा बिहानको बीस रुपैंया र बेलुकाका लागि ८० रुपैंया लिने गरेका थियौं । कम्तिमा चार सय जनालाई खाना खुवाउने हाम्रो योजना थियो ।

कोरोना महामारीको दोश्रो लहर सुरु हुनु भन्दा पहिले दैनिक चार सय जनालाई खाना खुवाउँदै आएका थियौं ।

दोश्रो लकडाउनमा त्यहाँ काम गर्ने कामदारलाई समस्या हुने अवस्था देखियो । कोरोना महामारी भयावह अवस्थामा फैलिरहेको थियो । पहिले काम गरेकालाई तलब थप्यौं ।

बिहान सात बजेदेखि दिउँसो दुई बजेसम्म काममा लगायौं । आवश्यक खर्च भन्दै पालिकाले हामीलाई मासिक एक लाख रुपैंया दिइरहेको छ ।

एक छाक खानाको मूल्य ८० भए पनि अहिले देश विदेशबाट जुटेको सहयोगका कारण बीस रुपैंया मूल्य कायम गरेका हौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर