गगन थापाको आह्वान: १४९ जना सांसद् अदालत जाउँ – Nepal Press

गगन थापाको आह्वान: १४९ जना सांसद् अदालत जाउँ

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गगन थापालले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जानुपर्ने बताएका छन् ।

उनले १४९ जना सांसदको दाबीलाई संसदमा परीक्षण नगरिकन राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाफ निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।

फेसबुकमा थापाले लेखेका छन्, ‘१४९ सांसदको ७६९५० बमोजिमको दाबीलाई संसदमा परीक्षण नै नगरी राप र प्रमले संविधानको बर्खिलाप गरेको निर्णयविरुद्ध हामी अदालत गएनौं भने त फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुन्छ ।

राजनीतिक लडाईसँगै १४९ जना सांसद आफूहरूको संवैधानिक हकका लागि अदालतमै उभिएर कानुनी लडाईं लड्न तयार रहनुपर्ने थापाको भनाइ छ ।


प्रतिक्रिया

3 thoughts on “गगन थापाको आह्वान: १४९ जना सांसद् अदालत जाउँ

  1. थुइक्क बाख्रा-चोर ! को जान्छन १४९ जना सांसद ?? एमालेको २७ जना भू .पू . सांसद मध्ये ७ जना पनि जादैनन माकुनेको फर्जी काम थियो भनेर प्रष्ट थियो भनेर घाम जत्ति कै छर्लंग भैसक्यो हैन र ??? त्यस्तै अरु पार्टीका सांसदहरुको हालत छ ।

    1. केपि ओलिको आचिलाइ खिर भनेर खानेहरुले गगन लाई बाख्रा चोर भनेको कत्ती सुहाउदैन

  2. ‘कस्ता कस्ता कहाँ गए, खसी हिड्यो अदालत!’ नयाँ उखान बनो!

Leave a Reply to गाउले Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर