२ सय सिलिन्डर अक्सिजन धनगढी पुग्यो – Nepal Press

२ सय सिलिन्डर अक्सिजन धनगढी पुग्यो

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा निवर्तमान मन्त्री लेखराज भट्ट र सह-इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य माननीय नारदमुनी रानाको पहलमा २ सय सिलिन्डर अक्सिजन धनगढी पुगेको छ ।

अक्सिजन नपाएर उपचारमा समस्या झेलिरहेका कोरोना संक्रमिहरूलाई अब केही राहत हुने भएको अपेक्षा गरिएको छ । सबै भन्दा धेरै अक्सिजनको समस्या झेलिरहेको सेती प्रादेशिक अस्पताल ११० सिलिन्डर अक्सिजन उपलब्ध गराइने भएको छ । गेटा अस्पताल ५० र महाकाली अस्पताल ४० सिलिन्डर उपलब्ध गराइने सांसद रानाका स्वकीय सचिव कमल रानाले बताए ।

निर्माणाधीन गेटा मेडिकल कलेजमा कोरोना उपचारको सबै तयारी गरिए पनि अक्सिजन अभावले संक्रमितहरुको उपचार हुन सकेको थिएन । ५० सिलिन्डर अक्सिजन आए लगत्तै कोरोना संक्रमितहरूको उपचार थालिने बताइएको छ ।

एमाले नेता भट्टका स्वकीय सचिव हितेश ओझाले भने, ‘अहिलेलाई आवश्यक अक्सिजन पुगेको छ अब यहाँ संक्रमितको उपचार सुरु हुन्छ, अब कोरोना संक्रमितको उपचारमा केही सहज हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *