डाक्टर केसी र न्यौपानेले संक्रमित पत्रकारलाई नि:शुल्क परामर्श दिने – Nepal Press

डाक्टर केसी र न्यौपानेले संक्रमित पत्रकारलाई नि:शुल्क परामर्श दिने

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसी र जनरल फिजिसियन डाक्टर प्रदिप न्यौपानेले कोरोनाभाइरसबाट संक्रमित पत्रकारका लागि निःशुल्क परामर्श सेवा दिने भएका छन् ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र डाक्टर द्धयबीच कर्णाली प्रदेशका १० वटै जिल्लाका संक्रमित पत्रकार र उनका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरि शुक्रबार सम्झौता भएको छ ।

कोरोनाभाइरसबाट दिनप्रतिदिन पत्रकारहरु संक्रमित हुनथालेपछि संक्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्याउने उद्देश्यले महासंघ कर्णाली प्रदेशको पहलमा सम्झौता गरिएको हो ।

डाक्टर केसी र न्यौपानेले कोरोनाभाइरसको प्रभाव रहुन्जेल पत्रकार र उनीहरुका परिवारको स्वास्थ्य अवस्था, उपचार र कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी, आइशोलेसनमा बस्दा ध्यानदिनुपर्ने कुराहरुको बारेमा निःशुल्क परामर्श दिने गरि सम्झौता गरिएको महासंघका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए ।

उनका अनुसार संक्रमित पत्रकार र उनीहरुको परिवारले डाक्टर केसी र न्यौपानेलाई फोन गरि आफूलाई देखिएको समस्याकाबारे जानकारी गराउनुपर्नेछ । डाक्टर द्धयलाई प्रत्यक्ष भेट गर्नुपरेमा सुर्खेतको जुम्ला रोडमा रहेको कर्णाली केयर हस्पीटलमा भेट्न सकिने छ । महासंघको तर्फबाट कोषाध्यक्ष गणेशकञ्चन भारतीले समन्वय गर्नेछन् । डाक्टर केसी र न्यौपानेले गतबर्ष पनि कोरोना भाइरस संक्रमितको उपचारमा विशेष भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *