विपक्षी गठबन्धनको बैठकअघि पाँच नेताको अनौपचारिक छलफल – Nepal Press

विपक्षी गठबन्धनको बैठकअघि पाँच नेताको अनौपचारिक छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको घोषणापछि रणनीति तय गर्न विपक्षी गठवन्धनका बैठक सुरु हुन लागेको छ ।

नयाँ बानेश्ववरस्थित संसद भवनको ल्होत्से हलमा हुने बैठकमा कांग्रेस, माआवादी तथा एमाले र जसपाका विभाजित समूहहरू सहभागी छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वैठकमा भाग लिन पुगेका छन् ।

यसैगरि, नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपालको बैठकमा उपस्थिति छ । जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई तथा कांग्रेस नेताहरू रामचन्द्र पौडेल र विमलेन्द्र निधि पनि बैठकस्थलमा आइसकेका छन् ।

गठबन्धनको बैठक पूर्व पाँच शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता नेपाल तथा जसपाका भट्टराई र यादवबीच अनौपचारिक कुराकानी भइरहेको छ ।

आजको गठबन्धन बैठकले सरकारको निर्णयमाथि कानुनी प्रतिवाद गर्ने विषयमा छलफल गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर