यी २५ वर्षीय युवाले ‘बिट्क्‍वाइन’मा लगानी गरेर कमाए करोडौं डलर – Nepal Press

यी २५ वर्षीय युवाले ‘बिट्क्‍वाइन’मा लगानी गरेर कमाए करोडौं डलर

काठमाडौं । कुपर टर्लीले केही वर्ष अगाडि क्रिप्टोकरेन्सीमा लगानी सुरु गरेका थिए । अमेरेकी नागरिक २५ वर्षीय टर्लीले क्रिप्टो बजारको सबैभन्दा ठूलो करेन्सी ‘बिट्क्वाइन’ र ‘इथेरम’ किनेका थिए ।

त्यो समयमा बिट्क्वाइनको मूल्य २ हजार अमेरिकी डलर र इथेरमको मूल्य १ हजारभन्दा कम थियो । तर, पछिल्लो समय बिटक्वाइन ६४ हजार अमेरिकी डलरसम्म पुगेको थियो भने इथेरमको मूल्य पनि ४५ सय अमेरिकी डलरभन्दा धेरै पुगेको थियो ।

लोकप्रियता बढेसँगै क्रिप्टोकरेन्सीबाट चीनपछि हटेपछि अहिले सबै क्रिप्टोको मूल्य घटेको छ । त्यसअघि अमेरिकी टेक्नो सेलेब्रिटी इलोन मस्कले टेस्लाले अब बिटक्वाइनबाट कारोबार नगर्ने बताएसँगै मूल्य ओरालो लाग्न सुरु भएको थियो ।

अहिले बिट्क्वाइन ३९ हजार अमेरिकी डलर र इथेरम २५ सय डलरमा कारोबार भइरहेको छ । टर्लीले पछिल्लो दुई वर्षमा आफूले लगानी गरेको कूल रकमभन्दा ९० प्रतिशतभन्दा बढी फाइदा लिएको बताएका छन् ।

‘मलाई विश्वास नै लाग्दैन मैले थोरै पैसा लगानी गरेर छोटो समयमा करोडौं पैसा कमाइसकेँ’ टर्ली भन्छन्, ‘मभन्दा अगाडि लगानी गर्नेहरूले धेरै कमाइसकेका छन् । तर, म खुशी छु ।’

आफूले कति लगानी गरेको र कति कमाएको भन्ने कुरा खुलाउन नचाहेका टर्लीले भविष्यका लागि बैङ्क ब्यालेन्स नचाहिने रकम जम्मा गरिसकेको सिएनबिसीलाई प्रतिक्रिया दिएका छन् ।

युरोप तथा अमेरिका र भारतमा समेत लोकप्रिय बन्दै गइरहेको क्रिप्टोकरेन्सीको कारोबार नेपालमा भने गैरकानुनी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर